१३ असार २०८३, शनिबार

हतियारसहित सर्लाहीबाट दुई जना पक्राउ

भदौ ३, २०८०
काठमाडौं
हतियारसहित सर्लाहीबाट दुई जना पक्राउ

दुई थान हतियारसहित सशस्त्र प्रहरीले सर्लाहीबाट २ जनालाई नियन्त्रणमा लिएको छ । बोर्डर आउट पोस्ट (बीओपी ) संग्रामपुरले शनिवार राति पर्सा गाउँपालिका-६ स्थित सीमा इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन् । 

भारतबाट आउँदै गरेको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनीहरूको साथबाट ७.६५ मीमी पेस्तोल एक थान, म्यागजिन १ थान र सोको गोली १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोलीसमेत बरामद गरिएको डीएसपी थापाले बताए । 

उनीहरूलाई मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि राति नै  जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्