०३ असार २०८३, बुधबार
दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

संसद्‌ खुलाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

भदौ ३, २०८०
काठमाडौं
संसद्‌ खुलाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साढे १२ बजे बस्ने गरी प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन् ।

बैठकमा संसद्‍को जारी गतिरोधबारे छलफल हुने उनको सचिवालयले जनाएको छ ।  ‘संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख नेताहरूसँग प्रधानमन्त्रीले छलफलका लागि आज साढे १२ बजे बैठक बोलाउनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले लोकान्तरसँग भने, ‘संसदको गतिरोधसहितका विषयमा अन्तक्रिर्या गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो ।’

एक महिनायता प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । यसैले प्रधानमन्त्रीले बैठक चलाउने परिस्थिति निर्माणको लागि छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आइतवार बैठक चल्ने विश्वास व्यक्त गरेका थिए । 

यता एमालेसामु पनि लामो समयदेखि बैठक अवरुद्ध गर्दा नकारात्मक सन्देश गएको भन्दै बैठक चलाउन दबाब परेको छ ।

संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा रहेका दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्