
संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक भदौ ५ गते मंगलवारसम्मको लागि स्थगित भएको छ ।
सरकारको आग्रहमा बैठक मंगलवारसम्मको लागि बैठक स्थगित गरिएको संसद सचिवालय स्रोतले जानकारी दियो ।
आइतवार सिंहदरबारमा बसेको बैठक सहमति नजिक पुगेको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिए ।
त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० देखि प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।