०७ साउन २०८३, बिहीबार

प्रचण्डको सन्देश लिएर सभामुख भेट्न बानेश्वर पुगे माओवादी सचेतक पाण्डे

भदौ ३, २०८०
काठमाडौं
प्रचण्डको सन्देश लिएर सभामुख भेट्न बानेश्वर पुगे माओवादी सचेतक पाण्डे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा जारी गतिरोध अन्त्यका लागि सहमतिको प्रयास भइरहेको भन्दै बैठक २ दिन पछि सार्न सभामुखसँग आग्रह गरेका छन् । प्रचण्डको आग्रहअनुसार सभामुख देवराज घिमिरेले बैठक मंगलवारसम्म स्थगित गरेका छन् । 

आइतवार सिंहदरवारमा बसेको सर्वदलीय बैठक सहमतिनजिक पुगेको भन्दै प्रधानमन्त्रीको सन्देश लिएर माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे सभामुखलाइ भेट्न वानेश्वर पुगेका थिए । 

‘बैठकको निर्णय जानकारी दिन माओवादी प्रमुख सचेतक पाण्डे सिंहदरबारबाट नयाँ बानेश्वर आउनुभएको थियो । उहाँले आजको बैठक सकारात्मक भएकोसमेत सभामुखलाई जानकारी गराउनुभएको छ,’ सभामुख घिमिरेको सचिवालयले भन्यो । 

त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन सम्बन्धमा उच्चस्तरिय छानबिन समिति गठनको मागगर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन १० देखि प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ । एमालेको विरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न नसक्दा महत्वपूर्ण विधेयकहरू संसद्मा अड्किएर बसेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्