१० साउन २०८३, आइतबार

महिला विश्वकप फाइनल : पहिलो हाफमा स्पेनको अग्रता

भदौ ३, २०८०
काठमाडौं
महिला विश्वकप फाइनल : पहिलो हाफमा स्पेनको अग्रता

अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि अहिले स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिहेका छन् । यससँगै फाइनल खेलको पहिलो हाफ सकिएको छ ।

यसैबीच, पहिलो हाफमा स्पेनले एक गोलको अग्रता लिएको छ ।

ओल्गा कार्मोनाले २९ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी हुन् ।  

फाइनल खेल सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा जारी छ ।

यी दुवै टोली पहिलो पटक फाइनलमा प्रवेश गरेका हुन् । यससँगै महिला विश्वकपले नयाँ विजेता पाउने सुनिश्चित भएको छ । 

सेमिफाइनलमा स्पेनले स्विडेनलाई र इंग्ल्यान्डले आयोजक अष्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । 

श्निबार भएको खेलमा आयोजक अष्ट्रेलियालाई पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको थियो । 

महिला विश्वकपको सर्वाधिक विजेता अमेरिका हो । उसले चार पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले दुई तथा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्