१६ असार २०८३, मंगलबार

दुई बच्चा चोरेर भारत लाँदै गरेका एक व्यक्तिलाई सशस्त्रले समात्यो

भदौ ३, २०८०
काठमाडौं
दुई बच्चा चोरेर भारत लाँदै गरेका एक व्यक्तिलाई सशस्त्रले समात्यो

चोरिएका दुई बच्चासहित बारा जिल्लाको देवताल गाउँपालिका ३ अमुवाबाट आज व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो । 

सोही गाँउपालिका- ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोकी ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोका २ वर्षका छोरा सत्यमकुमार महत्तोलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

सीमावर्ती इलाकामा गस्तीमा खटिएका सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँचगर्दा दुईजना बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको उनले बताए । 

उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्