
/नेकपा(एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आफ्नो संगठनलाई पुनर्गठन गरेको छ।
प्रवासी नेपाली एकता मञ्च प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारको प्रमुख आतिथ्यतामा जुम अनलाइन मार्फत भएको भेलाले रमेश लामा अध्यक्ष रहेको २७ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो।
भेलाले पोल्याण्ड राष्ट्रिय कमिटीको उपाध्यक्षमा मीनबहादुर पाण्डे र राजेन्द्र पाण्डे(असिम),सचिवमा निष्कर्ष लामा, उपसचिवद्वयमा दिवस पञ्चकोटी तथा मोहन बिक्रम थापा र कोषाध्यक्ष कर्मा लामालाई चयन गरेको छ।
त्यसै गरी सदस्यहरुमा पुर्णकुमार प्रधान, दलबिक्रम लावती, अमर बहादुर कार्की, सुरज पुन, सुरेन्द्र गुरुङ, कुमार तिम्सिना, सुनिल परियार ,दुर्गाबहादुर मगर, जितबहादुर सुन्दास, अमृत गुरुङ ,अस्मित लिम्बु, दिव्या सुन्दास, अनिस पाठक, अशोक अधिकारी, कबित दर्नाल,
सन्तोष श्रेष्ठ ,शंकर पाठक ,राज लिम्बु, इफ्तेखर मोहम्मद र रोमन विश्कर्मा चयन भएका छन्।
भेलाले टंक कटुवाल संयोजक तथा शेरबहादुर परियार, मनविर लामा र सूर्य सुव्वा सदस्य रहेको सल्लाहकार समिति समेत निर्माण गरेको छ।