०७ साउन २०८३, बिहीबार

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध, ठूला ढुङ्गा र लेदो खसेकाले हटाउन समस्या

भदौ ९, २०८०
काठमाडौं
पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध, ठूला ढुङ्गा र लेदो खसेकाले हटाउन समस्या
फाइल फोटो

निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीवार रातिदेखिको वर्षाका कारण शुक्रवार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन् । पूर्वबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए ।
                
शुक्रवार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख (डिइ) गोपालप्रसाद खकुरेलले बताए ।
            
अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झन्डै पचास मिटर क्षेत्रफलभन्दा बढी सडक खण्डमा माटो र ठूला ढुङ्गा खसेका कारण हटाउन कठिन भइरहेको उनले बताए ।
               
प्रहरीका अनुसार उदयपुगढीको मौवासीमा पहिरोका कारण यसपटक यो तेस्रोपटक सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सडक खुलाउन सडक कार्यालयसहितका प्राविधिक, मजदुर र कर्मचारी निरन्तर लागिपरेको प्रमुख खकुरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्