२९ असार २०८३, सोमबार

गाईघाटको त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुईजना बेपत्ता

भदौ ९, २०८०
काठमाडौं
गाईघाटको त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुईजना बेपत्ता

भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो  साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् । हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्