२६ जेठ २०८३, मंगलबार

भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीसँग कांग्रेस रूपान्तरण अभियानको आग्रह

भदौ १०, २०८०
काठमाडौं
भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्न  प्रधानमन्त्रीसँग कांग्रेस रूपान्तरण अभियानको आग्रह

सत्तारूढ नेपाली कांग्रेसको रूपान्तरण अभियान समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । बालुवाटारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्दै उनीहरूले भ्रष्टाचारका विषयमा गम्भीर भएर कदम चाल्न ध्यानाकर्षण गराएको नेता भुपेन्द्रजंग शाहीले जानकारी जानकारी दिए । 

‘अभियानकर्ताहरूले भ्रष्टाचारको मुद्धा मा शून्य सहनशिलता  अपनाई, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, जातीय द्वन्द्व तथा समाजिक सद्भाव भड्काउनेलगायत संविधानविपरीत हुने र राष्ट्रको बेइज्जत गराउने खाले सबै मुद्दामा बलियो रूपमा आफूलाई उभ्याई  उचित छानबिनद्वारा सत्यतथ्य बाहिर ल्याई जनतामाझ एउटा बलियो सरकार रहेको महसुस गराउन आह्वान गरियो,’ प्रधानमन्त्रीसँग भेटपछि शाहीले भने, ‘सोही अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले यी सबै मुद्दामा आफू  गम्भीर ढंगले प्रस्तुत हुने र यसलाई निचोडमा पुर्‍याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

कांग्रेसको यो अभियानमा जगदीश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीसहितका नेता बालुवाटार पुगेका थिए । यो अभियानमा गुरु घिमिरे, मधु आचार्य, डा। गोविन्दराज पोखरेलसहितका नेता जोडिएका छन् । 

अभियानले देशभर कार्यक्रम गरी पार्टी सुधारका लागि आएका सुझावलाई प्रतिवेदन बनाएर पार्टीमा बुझाइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्