
अमेरिकामा बनेको (यूएस मेड) पेस्तोलसहित प्रहरीले एक जनालाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।
भदौ ८ गते शुक्रवार काठमाडौं चाबहिलका सुलभ भनिने सुरज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विभिन्न अपराधमा ५ वर्ष कैद भुक्तान गरिसकेका श्रेष्ठलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
पक्राउ परेका व्यक्ति र जफत भएको पेस्तोल सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।