३० जेठ २०८३, शनिबार

शिवम् सिमेन्ट अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित

भदौ १०, २०८०
काठमाडौं
शिवम् सिमेन्ट अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित

शिवम् सिमेन्ट लिमिटेड अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ ।

यही भदौ ८ गते काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिटमा उक्त अवार्डबाट लिमिटेडलाई सम्मानित गरिएको हो ।

यस्तै, शिवम् सिमेन्ट्‌स लिमिटेडका भाइस प्रोशिडेन्ट निखिल अग्रवाल सोही अवसरमा इन्डिभिजुअल एक्सेलेन्स अवार्डबाट सम्मानित भएका छन् । यस भन्दा पहिला पनि शिवम्  सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो । 

त्यस्तै सिमेन्टले बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड पनि प्राप्त गरेको थियो ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवमले राष्ट्रिय गौरवका योजना तथा अन्य ठूलाठूला परियोजनाहरूका साथै अनेकौं संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्