
दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिइएको छ। आज (सोमवार)देखि आउँदो बुधवारसम्म पालिकाभरिका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले शुक्रवार एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवारदेखि शुरु भएको छ ।
