२४ जेठ २०८३, आइतबार
ठूला आयोजनामा भइरहेको ढिलाइबारे छलफल

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक, ७ वटै मुख्यमन्त्री सहभागी

भदौ ११, २०८०
काठमाडौं
सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक, ७ वटै मुख्यमन्त्री सहभागी

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरवारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमवार बैठक बसिरहेको हो । 

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, ७ वटै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका सेनापति लगायतको उपस्थिति छ । बैठकमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । 

बैठकमा ठूला आयोजनाको काममा भइरहेको ढिलासुस्तीको बारेमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्