०९ असार २०८३, मंगलबार

प्रतिस्पर्धी चिनियाँ कम्पनी ७४ करोड अमेरिकी डलरमा किन्ने एक्सपेङको घोषणा

भदौ ११, २०८०
काठमाडौं
प्रतिस्पर्धी चिनियाँ कम्पनी ७४ करोड अमेरिकी डलरमा किन्ने एक्सपेङको घोषणा

बेइजिङ– चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ ।

सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको एक्सपेङ विश्वको सबैभन्दा ठूलो कार बजारमा विद्युतीय सवारी साधनमा आएको उछालको फाइदा उठाउन हालैका वर्षहरूमा उदाएका दर्जनौं चिनियाँ कम्पनीमध्ये एक हो ।

दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो जसले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दछ ।

हङकङ स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार एक्सपेङले दिदीसँग ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सहायक कम्पनी किन्ने सम्झौता गरेको हो । यसले दीदीसँग साझेदारी गर्दै अर्को वर्ष नयाँ ब्रान्डको विद्युतीय कारहरू बजारमा ल्याउनेछ ।

चिनियाँ स्टक बजारले सम्झौताको स्वागत गरेको छ । जसले चिनियाँ निर्मातालाई सम्भावित प्रतिस्पर्धीलाई हटाउन र यसको उन्नत प्रविधिमा पहुँच प्राप्त गर्न अनुमति दिन्छ । एक्सपेङको शेयर सोमबार बिहान करिब १३ प्रतिशतले बढेको छ । 

सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू रहेको यस कम्पनीले युरोपमा पनि आफ्ना केही उत्पादनहरूको बजारीकरण गर्छ र करिब १४ हजार ४०० मानिसहरूलाई रोजगार दिँदै आएको छ । सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू छन् ।

एक्सपेङले सन् २०२३ को पहिलो छ महिनामा ४१ हजार ४३५ वटा गाडी बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो । 

हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वकै सबैभन्दा ठूलो देश चीनले सन् २०३५ सम्ममा अधिकांश कार बिक्री विद्युतीय र हाइब्रिड बनाउने लक्ष्य राखेको छ ।

बीवाईडी, नियो, एक्सपेङ र अन्य फर्मजस्ता कम्पनीहरूद्वारा सञ्चालित उदार खरीद अनुदानले हालैका वर्षहरूमा विद्युतीय सवारी साधानको उत्पादनमा उछाल ल्याएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्