२६ असार २०८३, शुक्रबार

स्वचालित पेशी तारिख उद्घाटन गर्दै प्रधानन्यायाधीशले भने– यो न्यायिक सुशासनको सुरुवात हो

भदौ ११, २०८०
काठमाडौं
स्वचालित पेशी तारिख उद्घाटन गर्दै प्रधानन्यायाधीशले भने– यो न्यायिक सुशासनको सुरुवात हो

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् ।

सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उनले उक्त प्रविधिबाट पेशी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम हुने बताए ।

‘यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ,’ उनले भने, ‘एउटा सुधारको प्रक्रियामा अगाडि बढेको छ, यो पेशी व्यवस्थापन कडी हो ।’

प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्न यस प्रणालीबाट सहज हुने विश्वास व्यक्त गरे ।

उनले उक्त प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले  बनाएको र यो सर्वोच्च अदालतमा सफल भएमा अन्य ठूला मुद्दा भएका अदालतमा पनि लागू गर्न सकिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्