०८ असार २०८३, सोमबार

प्रचण्डलाई सत्ता साझेदार दल मिलाउनै सकस

भदौ १२, २०८०
काठमाडौं
प्रचण्डलाई सत्ता साझेदार दल मिलाउनै सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को निरन्तर आक्रमण थेग्न गाह्रो परिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै सत्ता साझेदार दलहरूलाई समेत मिलाएर व्यवस्थापन गर्न धौधौ परेको छ ।

देशको जटिल राजनीतिक अवस्थालाई सहजीकरण गर्दै जनताका मुद्दामा केन्द्रित हुनु पर्नेमा सत्तारुढ दलका सांसदहरूले समेत प्रतिपक्षलाई नै सघाइरहेको नेकपा (माओवादी केन्द्र)का नेताहरूले गुनासो गरेका छन् । 

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्माले भने– ‘प्रतिपक्षीको काम विरोध गर्ने नै हो । त्यसमा पनि एमाले प्रतिपक्षमा हुँदा सरकारलाई काम गर्न नदिने गरी चौतर्फी हमला गर्ने उसको राजनीतिक धर्मजस्तै बनेको छ । तर, यहाँ सरकार पक्षकै दलका नेताहरू सरकारका सकारात्मक कामलाई समेत सहयोग गर्नेगरी प्रस्तुत भएका छैनन् ।’ उनले गठबन्धन गरेर सरकारमा बसेका मुख्य दलका नेताहरूबाटै असहयोग हुनु प्रधानमन्त्री र सिंगो सरकारमाथिको चुनौती बनेको बताए । 

अहिले सत्ताको मुख्य साझेदार दल नेपाली कांग्रेसको संस्थापन इतर समूहका अधिकांश नेताहरू सरकारको काम कारबाहीप्रति सन्तुष्ट छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्