२० असार २०८३, शनिबार

पर्यटन प्रवद्र्धनका लागि बुंगलमा क्रिकेट

कात्तिक २०, २०७४
पर्यटन प्रवद्र्धनका लागि बुंगलमा क्रिकेट
काठमाडौं, २ असोज- बुँगल क्रिकेट संघको आयोजनामा असोज २८ देखि वि.सि.ए.कप–२०७४ हुने भएको छ । बझाङको बुँगल स्थित विजगडामा कात्तिक १ गतेसम्म हुने सो प्रतियोगितामा सुदुरपश्चिमका विभिन्न जिल्लाबाट गरेर करिब २० ओटा समुहले सहभागिता जनाउनेछ । जिल्लाको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विजेता टीमलाई १ लाख रुपैयाँ नगद सहित ट्रफी प्रदान गरिनेछ ।

म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ । आयोजककाअनुसार उत्कृष्ट बलर र व्याटसम्यानलाई समान ५÷५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक म्याचमा म्यान अफ द म्याच घोषणा गरिनुका साथै विशेष पुरस्कारको व्यवस्था गरिनेछ ।

सो प्रतियागितालाई कालंगा हाईड्रो, धौलिदेवी स्मृती समाज, नेपाल पर्वतारोहण संघ साईपाल हिमाल साखा लगायतले आर्थिक सहयोग गर्ने बताईएको छ । टुर्नामेन्टमा जिल्लाका सांसद, प्रवुद्ध व्यक्तित्व र पर्यटन व्यवसायीहरुको समेत सहयोग र समन्वय रहनेछ ।

विगत ३ वर्षदेखि यस्तो कार्यक्रमको आयोजना गर्दै आएकोमा यसलाई आगामी दिनमा थप शसक्त र प्रभावकारी ढंगले आयोजना गरिने विसिएद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

kisor khadkaटुर्नामेन्टको समापन पश्चात जिल्ला बाहिरबाट आएका खेलाडीहरुलाई त्यस क्षेत्रका पर्यटकीय स्थलहरुः बड्डी ज्यावन, बाईसधारा, खोल्लेख र चेपाकाँडा लगायतका स्थानहरुको भ्रमण अवलोकन गराईने आयोजकले जनाएको छ ।

kishora bi

salt training

कमेन्ट गर्नुहोस्