
पाकिस्तानले एसिया कपको उद्घाटन खेलमा नेपालसँग खेल्ने टोलीको प्लेइङ–११ सार्वजनिक गरेको छ । आज हुने खेलको प्लेइङ–११ सार्वजनिक पाकिस्तानले अघिल्लो दिननै सार्वजनिक गरेको हो।
नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगाशालमा नेपाल र पाकिस्तानबीचको खेल शुरू हुनेछ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो।
पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११:
फखार जमान, इमाम उल हक, बाबर आजम(कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ।