०९ साउन २०८३, शनिबार

तम्घासबाट बुटवल आउँदै गरेको जीप पहिरोमा पुरियो

भदौ १३, २०८०
बुटवल
तम्घासबाट बुटवल आउँदै गरेको जीप पहिरोमा पुरियो

पाल्पाको जोर्तेमा स्कर्पियो जीप पहिरोमा परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसी वीरेन्द्र थापाका अनुसार गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको जीप पहिरोमा परेको हो । 

पहिरोमा परेको जीप कच्याककुचुक भएको छ । 

घटनास्थलबाट ५ जना घाइतेलाई निकालिएको थापाले लोकान्तरलाई जानकारी दिए । उनकाअनुसार जीपमा कति जना सवार थिए खुलेको छैन ।

अपडेट :

पहिरोमा जीप पुरिँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक महिला र दुई पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरूको सनाखत भने हुन सकेको छैन । आठ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिरएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्