२५ जेठ २०८३, सोमबार

जसपा अध्यक्ष उपेन्द्र यादवको फेसबूक पेज ह्याक भएको आशंका

भदौ १३, २०८०
काठमाडौं
जसपा अध्यक्ष उपेन्द्र यादवको फेसबूक पेज ह्याक भएको आशंका

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको फेसबूक पेज ह्याक भएको आशंका गरिएको छ ।

अंग्रेजी र नेपाली दुवै भाषामा उपेन्द्र यादवको नाम लेखिएको फेसबूक पेजको स्टोरीमा अश्लील तस्वीर तथा भिडियो राखिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेका बेला उनको पेजमा अश्लील तस्वीरहरू राखिएपछि पेज ह्याक भएको हुनसक्ने जसपाका प्रवक्ता मनिष सुमनले आशंका गरेका छन् ।

‘उक्त पेज उहाँको एक सहयोगीले चलाइरहेको थियो । तर ती सहयोगीको पनि मोबाइल अफ छ,’ सुमनले लोकान्तरसँग भने, ‘सायद त्यो पेज ह्याक भएको हुनसक्छ ।’

उपेन्द्रका छोरा अमरेन्द्र यादवले पनि उक्त पेज ह्याक भएको अनुमान गरेका छन् । सामाजिक संजाल फेसबूकमा उनले लेखेका छन्, ‘जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवज्यूको अधिकारिक फेसबूक पेज ब्लु टिक लागेको पेजमात्र हो अरू सबै फेक आइडी र पेज रहेछ । त्यसमध्ये विनाब्लु टिक भएको पेज कुनै समर्थकले चलाइरहेको थियो । सायद जुन ह्याक भएको जस्तो लाग्दैछ । यो पेज ह्याक गरेर अश्लील भिडियोहरू स्टोरीमा अपलोड भएको देखिँदै छ ।’

salt training

कमेन्ट गर्नुहोस्