११ साउन २०८३, सोमबार
सुन तस्करी प्रकरण

सुन तस्करीले बदनामी भएको भन्दै विमानस्थल भन्सारका १७३ कर्मचारीले मागे सामूहिक सरुवा

भदौ १३, २०८०
काठमाडौं
सुन तस्करीले बदनामी भएको भन्दै विमानस्थल भन्सारका १७३ कर्मचारीले मागे सामूहिक सरुवा

झण्डै ६१ किलो सुन तस्करी भएको काठमाडौंको त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् ।

६१ किलो सुन समातिएपछि आफूहरूमाथि अनुसन्धानको नाममा धरपकड गर्ने र विना कारण दुःख दिने काम भएको गुनासो उनीहरूले गरेका हुन् ।

भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गरी उनीहरूले मंगलवार सामूहिक सरुवा माग गरेका छन् । यसरी सरुवा माग गर्नेमा ३० जना अधिकृतस्तरका कर्मचारी छन् । भन्सार कार्यालयमा रहेका नासु, खरदार र कार्यालय सहयोगीले समेत सरुवा माग गरेका छन् । उनीहरूले अर्थ सचिवलाई पनि पत्रको बोधार्थ पठाएका छन् ।

सरुवा माग गरेका कर्मचारीले आफूहरूको माग सम्बोधन नभएमा नियमित काम प्रभावित हुने चेतावनी दिएका छन् । कामकाजको सिलसिलामा यात्रुबाट दुर्व्यवहार र अपशब्द व्यहोर्नुपरेको गुनासो समेत उनीहरूले गरेका छन् ।

साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन बाहिरिएको थियो । 

हेर्नुहोस्, भन्सारका कर्मचारीहरूको पत्र :

salt training

कमेन्ट गर्नुहोस्