
माछापुच्छ्रे बैंक लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बुधवार बिहान बसेको संचालक समितिको बैठकले गत वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत (करसहित) लाभांश वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्नेछ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।