२८ जेठ २०८३, बिहीबार

काठमाडौं महानगरले दियो शुक्रवार सार्वजनिक बिदा

भदौ १३, २०८०
काठमाडौं
काठमाडौं महानगरले दियो शुक्रवार सार्वजनिक बिदा

काठमाडौं महानगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

भदौ १५ गते शुक्रवारका दिन सापारु र रोपाइँ जात्रासमेत परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

‘महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भदौ १३ गते प्रकाशित सूचनाअनुसार संवत् २०८० भदौ १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलनअनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भदौ १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्