३० जेठ २०८३, शनिबार

२ नम्बर प्रदेशका विभिन्न स्थानीय तहमा मध्यरातदेखि मतगणना सुरु

कात्तिक २०, २०७४
२ नम्बर प्रदेशका विभिन्न स्थानीय तहमा मध्यरातदेखि मतगणना सुरु
काठमाडौं, ३ असोज— सोमबार प्रदेश नम्बर २ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना सुरु भएको छ । मतपेटिका संकलनसँगै बारा, धनुषा, रौतहट, महोत्तरी र सिरहाका विभिन्न स्थानीय तहमामतगणना सुरु गरिएको छ ।election_commision 1
बारामा मध्यरातीदेखि ७ स्थानीय तहमा मतगणना सुरु गरिएको छ । जितपुर उपमहानगरपालिकासहित ७ स्थानीय तहमा मतगणना सुरु भएको हो । यस्तै धनुषाका २ स्थानीय तहमा पनि मतगणना सुरु गरिँदा रौतहटमा १८ स्थानीय तहमध्ये ११ तहमा मध्यरातदेखि नै मतगणना सुरु भएको खबर प्राप्त भएको छ ।
यता महोत्तरीको जलेश्वर, मटेहानी गौशाला, रामगोपालपुर गरी ६ स्थानीय तहमा मतगणना सुरु भएको छ । यस्तै सिरहाको अधिकांश स्थानीय तहमा पनि मतगणना सुरु भएको छ ।
यता वीरगन्ज महानगरको मतगणनाका लागि ८ बजे सर्वदीय बैठक बोलाइएको छ । सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीे जानकारी दिए ।
पर्साका सबै स्थानीय तहको मतपेटिका मध्यरातसम्म संकलन गरिसकिएको र सर्वदीय बैठक राती नै बस्न नसकेकाले सर्वदलीय बैठक राखेर गणनाको तयारी गरिएको छ ।
निर्वाचन आयोगले ५ दिनभित्रै सबै स्थानीय तहको नतिजा आइसक्ने अनुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्