३१ असार २०८३, बुधबार

खाँणलाई जेलमा भेट्न कांग्रेस नेताको धुइरो

शशांकले भने– तपाईँ निर्दोष हुनुहुन्छ, छुटाउन पहल गर्छौँ
भदौ १३, २०८०
काठमाडौं
खाँणलाई जेलमा भेट्न कांग्रेस नेताको धुइरो
फाइल तस्बिर

नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न कांग्रेस नेताको लर्को लाग्न थालेको छ । प्रत्येक दिनजसो कांग्रेस नेताहरुले खाँणलाई भेटिरहेका छन् । 

परराष्ट्र मन्त्री एनपी साउद, उद्योग मन्त्री रमेश रिजाल लगायतका कांग्रेस नेताले खाँणलाई भेटिसकेका छन् । पछिल्लो पटक कांग्रेस नेता प्रकाशमान सिंह, कृष्ण सिटौला र डा. शशांक कोइरालाले खाँणलाई भेटेका हुन् । 

पूर्वमहामन्त्री समेत रहेका शशांकले बुधवार बिहान खाँणलाई भेटेका हुन् । भेटमा कोइरालाले खाँण निर्दोष रहेको बताएका थिए । ‘तपाईँ निर्दोष हुनुहुन्छ, तपाईँ छुट्नुपर्छ हामी पहल गर्छौँ’, कोइरालाको भनाइ उदृत गर्दै कांग्रेस नेता महेन्द्र यादवले लोकान्तरसँग भने । कोइरालाले यस्तो आश्वासन दिँदा खाँण भावुक बनेका थिए । 

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्नताको पुष्टि भएपछि काठमाडौँ जिल्ला अदालतको आदेशपछि खाँण असार १ गतेदेखि जेलमा छन् । कांग्रेस नेता खाँण, एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेताहरू काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्