३० असार २०८३, मंगलबार

सैन्य ‘कू’ भएपछि गाबोनका राष्ट्रपतिको आग्रह–  साथीहरू यो कदमविरुद्ध बोल्नुहोस्, हल्ला गर्नुहोस्

भदौ १४, २०८०
काठमाडौं
सैन्य ‘कू’ भएपछि गाबोनका राष्ट्रपतिको आग्रह–  साथीहरू यो कदमविरुद्ध बोल्नुहोस्, हल्ला गर्नुहोस्

लिब्रेभिल–तेलको धनी मध्य अफ्रिकी राज्यमा सैन्य अधिकारीहरूले ‘कू’ गरेपछि गाबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई  ‘कू’ विरूद्ध ‘हल्ला गर्न’ आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरिएको क्लिपमा भनेका छन्, ‘मलाई र मेरो परिवारलाई पक्राउ गर्ने यहाँका मानिसहरू (सेना) विरूद्ध आवाज वुलन्द पार्न म स्वदेश र विदेशमा रहेका हाम्रा सहयोगीहरूलाई आग्रह गर्दछु ।’

गाबोनमा ५५ वर्षदेखि शासन गर्दै आएका ६४ वर्षीय बोन्गोलाई नजरबन्दमा राखिएको र उनका एक छोरालाई देशद्रोहको अभियोगमा पक्राउ गरिएको विद्रोही नेताहरूले बताएका छन् ।

भिडियोमा बोन्गो बसिरहेका तर स्पष्ट रूपमा चिन्तित देखिएका थिए । उनले उनको छोरा र पत्नीलाई पनि  छुट्टाछुट्टै स्थानमा राखिएको बताएका छन् । 

उनले भने, ‘म निवासमा छु र मलाई अरू केही पनि भइरहेको छैन । बाहिर के भइरहेको छ मलाई थाहा छैन । म तपाईंहरूलाई ‘कू’बारे हल्ला गर्न आग्रह गर्दछु । एएफपीले उक्त भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने यकिन गर्न सकेको छैन ।

यसअघि बोन्गोका छोरा तथा निकट सल्लाहकार नुरेदिन बोन्गो भ्यालेन्टिन, उनका चिफ अफ स्टाफ इयान गिस्लेन नगोउलोउ, सहयोगी, राष्ट्रपतिका अन्य दुई सल्लाहकार र सत्तारुढ ‘ग्याबोनिज डिमोक्र्याटिक पार्टी (पीडीजी)का दुई उच्च अधिकारीलाई पक्राउ गरिएको एक सैन्य नेताले बताएका थिए । 

उनीहरुमाथि राजद्रोह, अनियमितता, भ्रष्टाचार, राष्ट्रपतिको हस्ताक्षर मिथ्या बनाएको लगायतका आरोप लगाइएको छ ।

चीनले बोन्गोको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ भने पूर्वऔपनिवेशिक शक्ति फ्रान्सले ग्याबोनको घटनाक्रमलाई‘’सबैभन्दा बढी ध्यानदिएर’ हेरिरहेको बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्