
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोटेटको शल्यक्रिया नेपालकै पहिलो लेजर सर्जन प्रोफेसर डा. भरत भण्डारी नेतृत्वको चिकित्सक टोलीले गरेको छ।
काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बुधवार मन्त्री खड्काको प्रोटेटको सफल शल्यक्रिया गरिएको थियो ।
डाक्टर भण्डारी नेतृत्वको चिकित्सक टोलीले लेजर सर्जरी विधिबाट प्रोस्टेटको शल्यक्रिया सम्पन्न गरेको हो । ‘अस्पतालका कमाण्डान्ट प्रा.स.र.प्रा.डा. भरत भण्डारीको नेतृत्वको चिकित्सक टोलीद्वारा मन्त्री खड्काको प्रोस्टेट (बीपीएच)को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको प्रथम लेजर सर्जन डाक्टर भण्डारीले सन् २०१० बाट नेपालमा लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया गर्दै आएका छन् ।
भण्डारीले नेपालको दक्ष युरोलोजी सर्जनको रुपमा आफूलाई स्थापित गराएका छन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छाउनीस्थित सैनिक अस्पतालमा पुगेर मन्त्री खड्कालाई भेटी सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।