२५ जेठ २०८३, सोमबार

मृत्युदण्ड माफी पाएका इरानी प्रदर्शनकारीको हिरासतमै मृत्यु

भदौ १५, २०८०
काठमाडौं
मृत्युदण्ड माफी पाएका इरानी प्रदर्शनकारीको हिरासतमै मृत्यु

मृत्युदण्डको सजायमा माफी पाएका इरानका एक प्रदर्शनकारीको हिरासतमै मृत्यु भएको छ । सरकारविरोधी प्रदर्शनमा सहभागी भएको कसुरमा तोकिएको मृत्युदण्ड सर्वोच्च अदालतले खारेज गरे पनि उनको जेलमै मृत्यु भएको बीबीसीले जनाएको छ । 

समाचारमा जनाइएअनुसार विरोध प्रदर्शनका क्रममा गत वर्ष पक्राउ परेका जवाद रुहीको कारागारमै मृत्यु भएको हो । ३५ वर्षीया रुहीलाई जेलमा मस्तिष्काघात भएको र प्रभावकारी उपचार नपाएका कारण मृत्यु भएको समाचारमा उल्लेख छ । 

गत वर्ष इरानको मोरालिटी पुलिसको हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएको केही दिनपछि रुहीलाई पक्राउ गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्