
डोल्पामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ बस्ने २१ वर्षीय चिरञ्जीवी बोहरा रहेका छन् । उनलाई बिहीवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका १ बगरस्थित घरमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।