२६ असार २०८३, शुक्रबार
विप्लवको दाबी

जनयुद्ध लडेका माओवादीलाई अपराधी करार गरेर जेल पठाउने षड्यन्त्र भइरहेको छ – विप्लव

भदौ १५, २०८०
काठमाडौं
जनयुद्ध लडेका माओवादीलाई अपराधी करार गरेर जेल पठाउने षड्यन्त्र भइरहेको छ – विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी नेतालाई जेल पठाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

नेपालमा गणतन्त्र स्थापनाका लागि सशस्त्र जनयुद्ध गरेका माओवादी नेतालाई अपराधी करार गरेर जेल पठाउने षड्यन्त्र भइरहेको बताउँदै उनले त्यस्तो षड्यन्त्र पूरा हुन नदिने बताए ।​

समाजवादी मोर्चाले शुक्रवार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध लडेका नेतालाई जेल हाल्ने षडयन्त्रविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

‘जनयुद्ध लडेर आएका नेताविरुद्ध षडयन्त्र हुँदैछ, गणतन्त्र ल्याउने माथि षडयन्त्र भइरहेको छ । अहिले प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, कार्यकारी प्रमुखसमेतले मुद्दा व्यहोर्नु परेको छ । छिटोभन्दा छिटो अपराधी करार गरेर जेल पठाउने षडयन्त्र भइरहेको छ’ विप्लवले भने, ‘हामी खबरदारी गर्न चाहन्छौं माओवादीहरुले फुट्न मात्र होइन जुट्न पनि जानेका छन्, जनताको अधिकार खोस्ने षडयन्त्रविरुद्ध हामी लड्छौं ।’ 

विप्लवले माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने इतिहासको आवश्यकता महसुस गरेर समाजवादी मोर्चा गठन भएको बताए । ‘माओवादी मोर्चा हुँदै सबै कम्युनिस्टलाई एकताबद्ध गर्ने हाम्रो प्रयास जारी रहन्छ, समाजवादी मोर्चा आफ्नो लक्ष्यमा पुग्न प्रतिबद्ध छ’ विप्लवले भने । 

salt training

कमेन्ट गर्नुहोस्