२२ असार २०८३, सोमबार

अग्नि ग्रुपले सार्वजनिक गर्‍यो महिन्द्राको नयाँ विद्युतीय गाडी

भदौ १५, २०८०
काठमाडौं
अग्नि ग्रुपले सार्वजनिक गर्‍यो महिन्द्राको नयाँ विद्युतीय गाडी

महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा “ट्रीयो  झोर डिभी” नेपाली बजारमा आएको छ । ट्रीयो झोर डिभी एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान रहेको अग्नि ग्रुपले जनाएको छ ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरूको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको नेपाल ईभी इन्टरनेशनल शोमा नयाँ थ्री–व्हीलर डेलिभरी भ्यान सार्वजनिक गरेको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै सोही समयमा नयाँ इलेक्ट्रिक थ्री–व्हीलर ट्रीयो झोर डेलिभरी भ्यानको उद्‌घाटन गरेका हुन् ।

महिन्द्रा ट्रीयो  झोर डीभीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धताका साथ नेपाली बजारमा उपलब्ध छ ।

अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधिजस्ता हाइलाइटहरूका साथ, ट्रीयो  झोर र  डेलिभरी भ्यान गेम चेन्जर हुन तयार भएर आएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्