२५ जेठ २०८३, सोमबार

३७ जना चालक कारबाहीमा, लापसे गर्ने दुई जना पक्राउ

भदौ १५, २०८०
काठमाडौं
३७ जना चालक कारबाहीमा, लापसे गर्ने दुई जना पक्राउ

भक्तपुरको जगातीमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ३७ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ । 
१ सय २० भन्दा बढी  सवारी साधन चेक गर्दा ह्याीण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३७ वटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । जसमा पिकअप गाडि १६, मिनी टिपर ७  टाटासुमो ६,  हाइस ६  र अन्य सवारी  साधन २ वटा रहेका छन् । 
सवारी साधन मर्मत पश्चा त तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दए । 

त्यस्तै काठमाडौंको नागढुङ्गामा आजै गरिएको लापसे चेकिङका क्रममा २ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । 

बा २ ज ३२ ८७ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको पाचखाल नगरपालिका १३ बस्ने सुरेश तोलाङ्गे र बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ बस्ने २३ वर्षीय भुवन सुर्खेती लागु पदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् । 
नियन्त्रणमा लिएका ‍ दुबैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्