३० जेठ २०८३, शनिबार

गायिका मीलन अमात्यले गरिन् पारपाचुके, दीपक लिम्बुसँग नाम जोडियो

कात्तिक २०, २०७४
गायिका मीलन अमात्यले गरिन् पारपाचुके, दीपक लिम्बुसँग नाम जोडियो

काठमाडौं, ३ असोज – गायिका मीलन अमात्यले करिब ६ वर्ष लामो वैवाहिक जीवनलाई ताेड्दै पारपाचुके गरेकी छिन् । उनले पति मेन्सन अमात्यसँग औपचारिक रुपमा अदालतमा पारपाचुके (डिभोर्स) गरेकी हुन् ।

गाला रातै, स्लोली स्लोली, जहिलेसम्म संसारमा लगायतका गीत गाएकी अमात्यले पारिवारिक कारणले पारपाचुके गरेको गरेको बुझिएको छ । भारतको आसाममा जन्मिएकी अमात्यले काठमाडौंका मेन्सनसँग बिहे गरेकी थिइन् । मेन्सन र मीलनको समझदारीमै दुवैले पारपाचुके गरेका हुन् ।

पारपाचुकेपछि मिडियामा आएका विभिन्न समाचारलाई आधार बनाएर फेसबुकमा उनले लामो स्टाटस लेखेर निजी जीवनका बारेमा केही नलेख्न अनुरोध गरेकी छिन् । संगीत क्षेत्रमा सक्रिय मीलनको नाम गायक दीपक लिम्बुसँग जोडिएर विभिन्न समाचार बाहिर आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्