११ साउन २०८३, सोमबार

माओवादीको रूपान्तरण अभियानलक्षित बाबुरामको टिप्पणी- सयवटा मुसा खाएर बिरालो तीर्थयात्रा हिँडेजस्तै भएन र ?

भदौ १७, २०८०
काठमाडौं
माओवादीको रूपान्तरण अभियानलक्षित बाबुरामको टिप्पणी- सयवटा मुसा खाएर बिरालो तीर्थयात्रा हिँडेजस्तै भएन र ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरू अभियानका नाममा फुस्रा गफसहित जनतामाझ गइरहेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रले शनिवारबाट शुरू गरेको जनतासँग माओवादी अभियानतर्फ लक्षित गर्दै उनले दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिड्नु बिरालो तीर्थ गएजस्तै भएको टिप्पणी गरेका हुन् । 

'सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे! केही पूराना दल र नेता राज्य सत्ताको चरम दोहन/भागबन्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार-आदर्श-मूल्यमान्यता-नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासितालगायत दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तैउस्तै भएन र?' सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन् ।

माओवादी केन्द्रले शनिवारदेखि तीन महिने ‘जनतासँग माओवादी विशेष  रूपान्तरण अभियान’ शुरू गरेको छ । यसअघि गत निर्वाचनलगत्तै नेकपा एमालेले पनि 'ग्रास रूट' अभियान चलाएको थियो । कांग्रेस पनि जनतामा जाने तयारीमा छ ।

salt training

कमेन्ट गर्नुहोस्