
उदयपुरमा एक किशोर गत बिहीवारदेखि बेपत्ता भएका भएका छन् ।
जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर संविधान चौधरी त्रियुगा नदीमा पौडी खेल्न गएका थिए ।
गत बिहीवार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएका जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
बेपत्ता चौधरीको शुक्रवारदेखि निरन्तर खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।
बेपत्ता किशोरको खोजीको लागि सशस्त्र प्रहरी बल सुनसरीको गोताखोर टिमसमेत समावेश भएको छ ।
उनी चौदन्डी गढी आम्वासीको देवनारायण माविमा कक्षा ९ मा अध्ययनरत थिए ।