०८ साउन २०८३, शुक्रबार
दुई रोहित आमने-सामने

नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै, एक टोली ‘सुपर फोर’मा पुग्ने

भदौ १८, २०८०
काठमाडौं
नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै, एक टोली ‘सुपर फोर’मा पुग्ने

एसिया कप क्रिकेटमा नेपालले आज (सोमवार) बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल-भारतबीचको खेल नेपाली समयानुसार श्रीलंकाको क्यान्डीमा दिउँसो सवा ३ बजे हुनेछ । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा छन् । अर्थात् दुई रोहितको कप्तानीमा रहेका दुईमध्ये एक टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने छ ।

सुपर फोरमा पुग्न नेपालले भारतलाई हराउनै पर्छ । भारत भने खेल बराबरी वा अंक बाँड्ने अवस्था भए पनि सुपर फोरमा पुग्नेछ । अंक तालिकामा भारत एक अंकमा छ भने नेपाल अंकविहीन छ।

प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई-दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ । 

समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ । 

पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो भने भारत पाकिस्तानसँगै अंक बाँड्न बाध्य भएको थियो ।

पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भएको थियो । भारत र पाकिस्तानबीचको समूह चरणको पहिलो खेलमा वर्षाले प्रभावित बनेको थियो ।

भारतले पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य प्रस्तुत गरे पनि पहिलो इनिङपछि लगातार वर्षा हुँदा पाकिस्तानले जवाफी ब्याटिङ गर्न पाएन । 

salt training

कमेन्ट गर्नुहोस्