०४ साउन २०८३, सोमबार

गण्डकी र लुम्बिनीका थोरै स्थानमा बिहानैदेखि वर्षा, चार प्रदेशमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

भदौ १८, २०८०
काठमाडौं
गण्डकी र लुम्बिनीका थोरै स्थानमा बिहानैदेखि वर्षा, चार प्रदेशमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

हाल गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन्‌सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै  स्थानमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्