
आगामी ३ दिन देशका प्रमुख नदीहरूको जलसतह सामान्य घटबढ हुने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुनेछ ।
यी नदीमा जलसहत सतर्कता तहभन्दा तल हुने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापहरू सतर्कता साथ गर्न सकिने महाशाखाले जनाएको छ ।
आज संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा आसपास भई बहने नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना छ ।
यस्तै गोरखा, लमजुङ, कास्की, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जुम्ला, मुगु आसपास भई बहने केही स-साना नदीहरूमा समेत बहाब बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।