×

राउण्ड अप

सरसर्ती २४ घण्टा : आलोचनाबाट बच्न सहानुभूति बटुल्ने बालेनको प्रयास

काठमाडाैं | भदौ १८, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमहित उपस्थित भएका छौँ–
शनिबार राति सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि तीव्र आलोचित बनेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विषयान्तर गर्न आइतबार बिहानै एउटा ‘फण्डा’ रचे । त्यो थियो–आफू निकटको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’मार्फत सन्तान लाभ भएको व्यहोरोको सूचना प्रवाह । 

उक्त फेसबुकमार्फत बालेन दम्पत्तिलाई पुत्री लाभ भएको सूचना प्रवाह गरिएपछि आगो लगाउने धम्कीलाई छाडेर सामाजिक सञ्जाल एकाएक बालेनको पक्षमा उभियो । 


Advertisment

मानवीय संवेदनालाई ख्याल नगरी सुत्केरी हुन अस्पताल हिँडेकी बालन पत्नीलाई प्रहरीले अनावश्यक तनाव दिने काम गरेको सामाजिक सञ्जालप्रयोगकर्ताको दाबी थियो । त्यही आक्रोशमा बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्कीयुक्त स्ट्याटस आफ्नो फेसबुकमा लेखेको उनीहरुको तर्क थियो । 


Advertisment

हुन पनि रुटिन अफ नेपाल बन्दले त्यही बालेनलाई सन्तान लाभ भएको आशयको स्टाटस लेखेर भ्रम फैलाएको थियो । जुन बालेनप्रति सहानुभूति बटुल्ने उद्देश्यले लेखिएको घटनाक्रमले पुष्टि गरिसकेको छ । 
 

रुटिन अफ नेपाल बन्दकै सूचनामा आधारित रहेर केही मिडियामा समाचार समेत आएसँगै बालेनको सिंहदरबारमा आगो लगाउने धम्कीयुक्त स्टाटस सहानुभूतितर्फ अघि बढिसकेको अवस्थामा उनलाई सन्तान लाभ एक साताअघि नै भएको खुलासा मूलधारका अनलाइन सञ्चारमाध्यमबाट भएको थियो । त्यसलगत्तै बालेनले आलोचनाबाट बच्न यस्तो फण्डा गरेको खुलेनमात्रै रुटिन अफ नेपाल बन्दसमेत यसअघिको आफ्नो स्टाटस सच्याउन बाध्य भएको थियो । 

यतिमात्रै होइन, बालेनले यसबारे बचाउमा स्पष्टीकरण दिन विज्ञप्तिनै जारी गर्नुपर्यो । शाहको तर्फबाट उनको सचिवालयले  जारी गरेको विज्ञप्तिमा विशेष परिस्थितिमा मेयर पत्नीले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको उल्लेख छ  ।

‘२०८० भदौ १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएकी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सविना काफ्ले अस्पताल जानुभएको थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए ।’

मानवीय संवेदनामा प्रहरीले सामान्य मर्यादासमेत नदेखाएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । ‘सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे’ विज्ञप्तिमा उल्लेख छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।’ 
तर बिदाको दिनमा सरकारी गाडी प्रयोग गरेको विषयमा चेकजाँच क्रममा प्रहरीले दुई मिनेटसम्म सामान्य सोधपुछ गरेर छोडेको जनाए पनि बालेनको सचिवालयले प्रहरीबाट उल्टै दुःख पाएको दाबी गरेको छ । 

श्रीमतीको गाडी प्रहरीले रोकेको भन्दै मेयर बालेनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । तर यसबारे भने बालेनको सचिवालय मौन छ । 

बालेनको अभिव्यक्तिको चौतर्फी आलोचना हुने क्रम अझै जारी छ । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफ्नी श्रीमती चढेको सरकारी गाडी रोकेको भन्दै गृह मन्त्रालयमा समेत फोन गरेर आक्रोश व्यक्त गरेको पाइएको छ ।

सार्वजनिक बिदाको दिन गुडेको सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले सोधपुछ गरेर छाडिसकेपछि शनिवार उनले गृहमन्त्रीको सचिवालयमा फोन गरेर आक्रोश व्यक्त गरेको खुलेको हो ।

लोकान्तर राउण्ड अपमा अन्य समाचार
कोशी प्रदेश सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतवार रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
००००
सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४सै घण्टा सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार सिंहदरबारमा हेलो सरकारको २४ घण्टे सेवाको शुभारम्भ गरेका हुन् ।
००००
जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो ।
००००
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी अध्यक्षका लागि राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी हरि रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
००००
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले “पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण” राखिएको वेवसाइटको आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
००००
सर्वोच्च अदालतले पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रवार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो ।
००००
शेयर बजारको मापक नेप्से सूचक २९.८१ अंकले घटेको छ । आइतवार शेयर बजार १.४९ प्रतिशतले घटेर १९६०.७८ विन्दुमा झरेको छ ।
००००
सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन मनाउने निर्णय गरेको छ । 
आइतबार सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस ३ दिनसम्म मनाउने निर्णय गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपअन्तर्गत नेपाल–भारतको खेल हेर्न श्रीलंका पुगेका छन् । नेपाल र भारतबीचको खेल सोमबार हुँदैछ । 
००००
काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एक साथ चार सवारी साधन दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । काँडाघारी सडकखण्डमा आइतवार बिहान मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x