२८ जेठ २०८३, बिहीबार

नेपालसँगको खेल छाडेर भारत फर्किएका बुमराह बने बुवा

भदौ १८, २०८०
काठमाडौं
नेपालसँगको खेल छाडेर भारत फर्किएका बुमराह बने बुवा

नेपालसँगको म्याच छाडेर स्वदेश फर्किएका भारतीय 'फास्ट बलर' जसप्रित बुमराह बुवा बनेका छन् । 

पत्नी सञ्जना गणेशनले छोरालाई जन्म दिएको  बुमराहले ट्विटरमार्फत जानकारी गराएका छन् ।

'हाम्रो सानो परिवार ठूलो भएको छ । आज बिहान छोरा अंगद जसप्रित बुमराहलाई दुनियाँमा स्वागत गरेका छौं । जीवनको नयाँ अध्यायका लागि हामी निकै खुशी छौं,' बुमराहले लेखेका छन् ।

एसिया कपअन्तर्गत सोमवार नेपाल र भारत भिड्दैछन् । बुमराह पारिवारिक कारण देखाउँदै आइतवार भारत फर्किएका थिए ।

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्