
नेपालले पहिलोपटक एसिया कप क्रिकेट खेलिरहेको छ । समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे श्रीलंकाको क्यान्डीमा खेल शुरू हुनेछ ।
खेल शुरूहुनुअघि नै मैदानबाहिर समर्थकको भीड बढ्न थालिपछि त्यहाँको माहोल पनि तातेको छ ।
आफ्नो टिमको हौसला बढाउन दुवै देशका समर्थक मैदान परिसरमा पुगिसकेका छन् ।
सर्मथकहरू आफ्जनो टिमको पक्षमा माहोल सिर्जना गरिहेका छन् ।
भारतको सिनियर टिमसँग पहिलो खेल खेल्न लागेकोले पनि यो खेल नेपालको लागि निक्कै महत्वपूर्ण हुनेछ ।
तर आजको खेल वर्षाले बिथोल्ने सम्भावना धेरै रहेको बताइन्छ ।
तस्वीरमा हेरौँ खेल हुने मैदान परिसरको माहोल:













फोटो सौजन्य : पत्रकार दीपेन्द्र कुवँर ।