१० साउन २०८३, आइतबार
एसिया कप क्रिकेट प्रतियोगिता

एसिया कप : नेपाललाई दोस्रो झट्का, ७ रन बनाएर बोल्ड भए भीम सार्की

भदौ १८, २०८०
काठमाडौं
एसिया कप : नेपाललाई दोस्रो झट्का, ७ रन बनाएर बोल्ड भए भीम सार्की
फाइल फोटो

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

भीम सार्की रविन्द्र जडेजाको बलमा बोल्ड भएका हुन् । १७ बल खेलेका सार्कीले ७ रन जोडे ।

यसअघि कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म नेपालले १६ ओभरमा २ विकेट गुमाएर ७७ रन जोडेको छ ।

नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।

नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।

यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।

वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ । 

salt training

कमेन्ट गर्नुहोस्