०९ साउन २०८३, शनिबार
एसिया कप क्रिकेट प्रतियोगिता

अर्ध शतकीय पारी खेलेका आशिफ शेख आउट, नेपाललाई पाँचौं झट्का

भदौ १८, २०८०
काठमाडौं
अर्ध शतकीय पारी खेलेका आशिफ शेख आउट, नेपाललाई पाँचौं झट्का
फाइल फोटो

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई पाँचौं झट्का लागेको छ ।​

पाँचौं विकेटका रूपमा ५८ रन जोडेका आशिफ शेख आउट भएका छन् ।

यो समाचार तयार पार्दासम्म ३० ओभर ५ विकेट गुमाएर नेपालले १३४ रन जोडेको छ ।

​यसक्रममा कुशल भुर्तेलले ३८, भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाएर आउट भएका छन् ।

गुल्सन झा १८ रन बनाएर खेलिरहेका छन् ।

नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।

नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।

यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।

वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ । 

salt training

कमेन्ट गर्नुहोस्