
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ ५ काठमाण्डौकी कृष्ण कुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय पनि भएको बताए ।
त्यसैगरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्विकृत गर्ने निर्णय गरेको छ ।