०१ साउन २०८३, शुक्रबार

नेपाल-भारतको खेल हेरेपछि बालेन- सरकारले जग्गा उपलब्ध गराओस्, रंगशाला बनाउन हामी पहल गर्छौं

भदौ १९, २०८०
काठमाडौं
नेपाल-भारतको खेल हेरेपछि बालेन- सरकारले जग्गा उपलब्ध गराओस्, रंगशाला बनाउन हामी पहल गर्छौं

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले मंगलबार बिहान सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो । 

नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०-९० करोडमै बन्न सक्ने उनले बताएका छन् । 'त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०-९० करोडमा नै बन्छ सायद,' फेसबुकमा उनले लेखेका छन्, 'नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।'

यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्ने उनको भनाइ छ । एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्ने उनले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्