१० साउन २०८३, आइतबार
प्रदेश अधिवेशन

एमाले लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान [तस्वीरहरू]

भदौ १९, २०८०
बुटवल
एमाले लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान [तस्वीरहरू]

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान भइरहेको छ । 

चार दिनदेखि सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि मतदान शुरू भएको हो । 

null

बिहान १० बजेसम्म २८६ मत खसेको निर्वाचन समिति सदस्य भरत पोखरेलले जानकारी दिए । उनका अनुसार १ बजेसम्म मतदान केन्द्र भित्र छिरिसक्नुपर्ने छ ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्यूठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन रोचक हुँदैछ । 

null

अध्यक्षका उम्मेदवार कँडेल समूहबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा पुरुषमा बाँकेका दुर्गा चौधरी र महिलामा बर्दियाकी लिला रानाले मत मागिरहेका छन् । 

रिजालको समूहबाट उपाध्यक्षमा रूपन्देहीका विश्वराज बराल अनुप, उपसचिव पुरुषमा रोल्पाका पूर्ण बुढामगर र महिलामा बसन्ती अधिकारीले मत मागिरहेका छन् । 

null

सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका मानिन्छन् । लुम्बिनी एमाले अधिवेशनलाई पौडेल र पोखरेलको शक्ति परीक्षणको रूपमा पनि हेरिएको छ । दुवैको गृहप्रदेश लुम्बिनी हो ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्