१९ असार २०८३, शुक्रबार

रघुनाथ अधिकारीको पुस्तक सूक्तिसङ्ग्रह सार्वजनिक

कात्तिक २०, २०७४
रघुनाथ अधिकारीको पुस्तक सूक्तिसङ्ग्रह सार्वजनिक
लेखक रघुनाथ अधिकारी ‘निलमशेखर’ को ‘सूक्तिसंग्रहः प्रकृति र जीवन, अनुभूति र दृष्टिकोण’ सार्वजनिक भएको छ ।

काठमाडौंको नेपाल बार एसोसिएसनमा आयोजित एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कृतिको विमोचन गरेका हुन् ।

कृति विमोचन गर्दै कार्यक्रमका प्रमूख अतिथि एवम् प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले चिन्तनशील र अध्ययनशील व्यक्तिले मात्रै सूक्तिहरुको संग्रह तयार गर्न सक्ने बताए । उनले जीवन र जगत्का बारेको आफ्नो दृष्टिकोणलाई कृतिकारले यस सूक्तिसंग्रहमा मजासँग पस्किन सफल भएको भन्दै कृतिमा दृष्टिकोणको गहनता रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयका (सेवानिवृत्त) भाषाविद् प्राध्यापक डाक्टर माधव पोखरेलले यस संग्रहमा समावेश हरेक विषय वस्तुको गहनता व्यापक रहेको भन्दै कुनै पनि विषयमा विचार र धारणा बनाउन चाहनेहरुका लागि मार्ग्निर्देश बन्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डाक्टर जीवेन्द्रदेउ गिरीले मन छुने खालका सूक्तिहरुको यो संग्रह राजनीतिज्ञ र लेखपढ् गर्नेहरुका लागि अध्ययन् सामग्री बन्ने बताए ।


नेपाल संस्कृति विश्व विद्यालयका प्राध्यापक डाक्टर काशीनाथ नौपानेले सूक्ति गद्यमा पनि लेख्न सकिन्छ भन्ने कुरालाई यस कृतिले प्रमाण्ति गरेको बताए ।

उनले संग्रहमा समावेश हरेक सूक्तिले व्यक्तिमा नयाँ नयाँ धारणा बनाउन सफल हुने भन्दै यो कृति समाजशास्त्रीहरुका लागि नितान्त नौलो र अयाँ अध्ययनको क्षेत्र बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. रजनी ढकाल र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विष्णु प्रभातले सूक्तिसंग्रहमा समावेश विषय वस्तुको गहनतामाथि समिक्षा गरेका थिए ।

सूक्तिसंग्रहका सम्पादक एवम् वरिष्ठ पत्रकार टी.एन. घिमिरेले यस कृतिमार्फत लेखकले आफुलाई दार्श्निक एवम् चिन्तक व्यक्तित्वका रुपमा प्रस्तुत गर्न सफल भएको बताए ।

पुस्तकको प्रकाशन समीक्षा पब्लिकेशन प्रा.लि.का अध्यक्ष एवम् सिइओ. मोहन आचार्यले विज्ञानपरक र वस्तुपरक ढंगबाट समावेश सूक्तिहरु सबैको लागि प्रेरणाको स्रोत बन्ने बताए ।

एक हजार ३० सुक्तिसंख्या रहेको सूक्तिसंग्रहमा ४ सय १० शिर्षक रहेको र अल्फाबेटिक ढंगबाट शिर्षक राखिएको कृतिकार रघुनाथ अधिकारी ‘निलमशेखर’ ले जानकारी दिए ।

१ सय ३२ पृष्ठ रहेको युक्ति संग्रहलाई समिक्षा पव्लिकेशनले बजारमा ल्याएको छ जसको मूल्य २५० राखिएको छ ।

नेपालमा जातिय आन्दोलन, जीवनका अुनूभूतिहरु, नेपालका अधिकारीहरु, बागमतिदेखि ब्रह्मपुत्रसम्म, मानव र जातिः अतिवाद र सहअस्तित्व, मध्ययुगकी महतारी–चन्द्रवता र सूक्तिसंग्रह गरि लेखकका सातवटा कृतिहरु प्रकाशन भएका छन् । त्यसका साथै मानववादको पक्षमा उनका थुप्रै फुटकर लेख रचनाहरु समेत विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्