१० साउन २०८३, आइतबार

आईसीसी टी–२० विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

भदौ २०, २०८०
काठमाडौं
आईसीसी टी–२० विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । नेपाल र यूएईबीचको खेल बिहान सवा ७ बजे शुरू हुने तालिका थियो । तर, साढे ९ बजेसम्म पनि सञ्चालन हुन सकेको छैन । 

यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण शुरू हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । लगातार चौथो जीत निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ । समूह ‘ए’ मा चार खेल जितेको यूएई चार खेलमा आठ अंकसहित रन रेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्