२८ असार २०८३, आइतबार

ललितपुरमा ‘अबिर आर्टिसन फेस्ट’ हुने

भदौ २०, २०८०
काठमाडौं
ललितपुरमा ‘अबिर आर्टिसन फेस्ट’ हुने

ललितपुरमा नेपालमा उत्पादित कपडा, डिजाइनर र सीपकर्मीलाई लक्षित गरी ‘अबिर आर्टिसन फेस्ट’ हुने भएको छ । ललितपुर महानगरअन्तर्गत नेपाल घरेलु तथा साना उद्योग महासंघ र अबिर डिजाइन हबको संयुक्त आयोजनामा दुई दिने महोत्सव हुने भएको हो । 

आगामी असोज १३ र १४ गते पाटन संग्रहालयमा हुने महोत्सवमा हस्त सामग्री, फेसन, लाइफ स्टाइल, क्रोक्टेड, (कुरूस)ले बुनेको, केनीवेर (काति)ले बुनेको, संगीतका कार्यक्रम तथा खानाका साथै अन्य लुगाहरू प्रदर्शनीमा राखिने छ ।

महोत्सवमा नेपाली उत्पादन, कला र फेसन डिजाइनरहरूको नयाँ शैलीमा बनाइएका पोशाकहरू प्रदर्शनीमा राखिने अबिर हबका निर्देशक बिनि बज्रचार्यले जानकारी दिइन् ।

उनका अनुसार महोत्सवमा देशभरका विभिन्न ठाउँका ५० बढी उद्यमीका सामग्रीहरू राखिनेछन् । नयाँ डिजाइनहरू, सीपकर्मी र नयाँ उद्यमीहरूको समेत उपस्थिति हुने ननले बताइन् ।

कोभिड-१९ को कारणले साना व्यवसायी तथा सीपकर्मीहरूको मनोबल उच्च राख्‍न अबिर अर्टिसन फेस्ट स्थापना भएको थियो । सन् २०२१ देखि अबिर आर्टिसन शुरू भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्